लण्डन, १७ सेप्टेम्बर २०२५
दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले गत शनिबार १३ सेप्टेम्बर २०२५ का दिन St. Michael Church Community Hall मा आफ्नो २३औं वार्षिक आजीवन सदस्य भेटघाट कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न गरेको छ।

कार्यक्रम अध्यक्ष शिव राम गुरुङ B.E.M. ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो भने संयोजकको जिम्मेवारी संस्थाकी उपाध्यक्ष मीना गुरुङले वहन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि Cllr. जित रानाभाट (Royal Borough of Greenwich) र विशिष्ट अतिथि DBC यूकेका पूजा प्रमुख खेम्पो नरेश गुरुको विशेष उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो । साथै, बेलायत भ्रमणमा रहेकी चर्चित गायिका तथा नायिका प्रिया गुरुङले प्रस्तुत गरेका गीत तथा नृत्यहरूले सहभागीहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
विशेष क्षणमा नेपालमा जारी Gen – Z आन्दोलनका क्रममा शहादत प्राप्त सम्पूर्ण वीरहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सहभागीहरूले एक मिनेट मौनधारण गरी शहीदहरूको बलिदानप्रति सम्मान प्रकट गरेका थिए। संस्थाले जारी गरेको विज्ञप्तिमा शहीदहरूको योगदान सदा अविस्मरणीय रहने र उहाँहरूको सपना एकता तथा सहकार्यबाट पूरा गर्नुपर्ने सन्देश दिइएको छ।

कार्यक्रम सफल बनाउन उपाध्यक्ष तथा आमाप्रमुख मीना गुरुङ, निवर्तमान उपाध्यक्ष/आमाप्रमुख बिन्दु गुरुङ, सचिव कमल गुरुङ, कोषाध्यक्ष दिकपल गुरुङ सहित सम्पूर्ण एघारौँ कार्यसमिति सदस्यहरूले विशेष भूमिका निर्वाह गरेका थिए । त्यस्तै, PA/Sound System व्यवस्थापनमा गोपी गुरुङ, Raffle Ticket बिक्रीमा रञ्जु घोताने र रुकमाया गुरुङ, VIP अतिथिको स्वागतमा बिजन गुरुङ, टीक सुभा गुरुङ र लक्ष्मी गुरुङ, खादा कार्यक्रममा मनिता घले, तथा प्रवेशद्वार व्यवस्थापनमा दिकपल गुरुङ, दिता गुरुङ र सरू घलेको योगदान उल्लेखनीय रह्यो।
सांस्कृतिक कार्यक्रम सल्लाहकार सूर्य गुरुङले आकर्षक ढंगले सञ्चालन गर्नुभएको थियो भने Cultural Secretary नन्दराज गुरुङले कलाकारहरूको संयोजनमा महत्वपूर्ण योगदान गर्नुभएको थियो। नेपालबाट विशेष रूपमा आमन्त्रित गायिका प्रिया गुरुङको प्रस्तुति दर्शकहरूका लागि मुख्य आकर्षण बनेको थियो।

कार्यक्रमका लागि विभिन्न व्यक्तिहरू र संस्थाहरूले प्रायोजन तथा सहयोग गरेका थिए। Raffle प्रायोजनमा Mr. Biraj Bhatt (Travel Consol), Mr. Lokesh Gurung (Peeple Mortgage), Mr. Mohan Gurung & Mrs. Banu Gurung, Mr. Yogesh Gurung (President of Bhumdi Kot UK), र Mr. Sushil Prajapati (President of Pasa Puchah Guthi UK) प्रमुख दातामध्ये रहेका थिए। साथै DJ/Sound System प्रायोजनमा संस्थाका अध्यक्ष शिव राम गुरुङ B.E.M., उपाध्यक्ष तथा आमाप्रमुख मीना गुरुङ, सचिव कमल गुरुङ र कोषाध्यक्ष दिकपल गुरुङले स्वयंसेवक रूपमा योगदान गर्नुभएको थियो ।

अन्त्यमा, संस्थाले कार्यक्रममा सहभागी सबै अतिथि, दाता, सहयोगी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य र ऐक्यबद्धता निरन्तर जारी रहने विश्वास व्यक्त गरेको छ।