Search

बेलायतमा साउथ ईस्ट रिजनल तमु धीं लन्डनद्वारा ‘तमु ल्होछार’ 2026 l

बेलायतमा साउथ ईस्ट रिजनल तमु धीं लन्डनद्वारा ‘तमु ल्होछार’ 2026 l
बेलायतमा साउथ ईस्ट रिजनल तमु धीं लन्डनद्वारा ‘तमु ल्होछार’ धुमधामसँग मनाइयो
लन्डन। साउथ ईस्ट रिजनल तमु धीं लन्डनले गुरुङ समुदायको महत्वपूर्ण पर्व ‘तमु ल्होछार’ भव्य रूपमा मनाएको छ। बेलायतको प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा आइतबार २८ डिसेम्बर २०२५ मा विशेष कार्यक्रम आयोजना गरी ल्होछार मनाइएको हो ।
कार्यक्रम साउथ ईस्ट रिजनल तमु धीं लन्डनका अध्यक्ष शिवराम गुरुङ बीईएमको अध्यक्षता तथा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
औपचारिक कार्यक्रमको उद्घाटन तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर एवं पूर्वमेयर जित रानाभाट, ज्येष्ठ नागरिक तथा संस्थापक आमा प्रमुख मायारानी गुरुङ, अध्यक्ष शिवराम गुरुङ BEM, संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ तथा डायमण्ड बुद्धिस्ट सेन्टरका पूजा प्रमुख लोप्पेन रामप्रसाद गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए ।
कार्यक्रम सञ्चालन सचिव कमल गुरुङले गरेका थिए भने हेल्थ एन्ड सेफ्टीबारे जानकारी पूर्वअध्यक्ष श्रीचन्द्र गुरुङले गराएका थिए । उपाध्यक्ष याम गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली, बेलायती तथा गुरुङ समुदायको राष्ट्रिय गान बजाइएको थियो भने स्थानीय कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा अवार्ड वितरण, सम्मान तथा बधाई कार्यक्रम पनि आयोजना गरिएको थियो । संस्थामा उत्कृष्ट योगदान पुर्‍याउने डम्बरकाजी गुरुङ र लक्ष्मी गुरुङलाई कम्युनिटी अवार्ड प्रदान गरी सम्मान गरिएको थियो।
यसैगरी साउथ ईस्ट रिजनल तमु धीं लन्डनसँग आबद्ध रही बेलायतका विभिन्न संस्थामा नेतृत्वदायी भूमिकामा रहेका समाजसेवीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । सम्मानित हुनेहरूमा पुम्दीभुम्दी समाज यूकेका अध्यक्ष योगेश गुरुङ, आरजीएनएसका अध्यक्ष ह्यारी गुरुङ, तमु लम परिवार यूकेका अध्यक्ष रामचन्द्र गुरुङ र शिरुबारी नाँसा बेलायतका अध्यक्ष डेबिट गुरुङ (दिपक) रहेका थिए ।
संस्थाका सल्लाहकार तथा ल्होछार कल्चर ओआईसी सूर्य गुरुङलाई आदिवासी संगीत तथा चलचित्र अवार्ड अन्तर्गत आदिवासी गीतकार विधामा अवार्ड जित्न सफल भएकोमा बधाई तथा सम्मान गरिएको थियो । उनले पुस १० गते काठमाडौँस्थित चलचित्र विकास बोर्डमा आयोजित समारोहमा उक्त अवार्ड प्राप्त गरेका थिए।
ल्होछार कार्यक्रमका अवसरमा प्रमुख अतिथि जुमकाजी गुरुङ तथा काउन्सिलर जित रानाभाटले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाको स्थापना सन् २००२ देखि हालसम्मका गतिविधि समेटिएको भिडियो पनि प्रदर्शन गरिएको थियो ।
औपचारिक कार्यक्रमको समापनमा अध्यक्ष शिवराम गुरुङ बीईएमले अतिथि, कलाकार, आयोजक समिति तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे। त्यसपछि सुरु भएको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका कलाकार सलोमी गुरुङ, केशबहादुर गुरुङ तथा स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए ।  डिजेको भूमिका हेम बिष्टले निभाएका थिए ।
कलाकारहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने उपाध्यक्ष मिना गुरुङले राफल ड्र सञ्चालन गरेकी थिइन् । राफलबाट संकलित रकममध्ये ५०० पाउन्ड Hospice UK लाई सहयोग गरिएको थियो ।
कार्यक्रममा तमु समाज यूकेकी अध्यक्ष विन्दु कुमारी गुरुङ घले, विभिन्न संस्थाका वर्तमान तथा पूर्व पदाधिकारीहरू, समाजसेवी, कलाकार, पत्रकार तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

कमल गुरुङ 

सचिव

दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन l

 

Inline image

Inline image

Inline image

Inline image

Inline image

On Wednesday, October 29, 2025, 5:07 pm, Kamal Gurung <gurungkamal76@yahoo.co.uk> wrote:

Related posts