Search

साउथ इष्ट रिजनल तमुधिंको सप्रि ल्होछार २०२४ सफलताका साथ संम्पन्न ।

साउथ इष्ट रिजनल तमुधिंको सप्रि ल्होछार २०२४ सफलताका साथ संम्पन्न ।

डिसेम्बर ३०, २०२४

    
लन्डन- साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा प्लमस्टिडमा विशेष समारोहबीच तमु ल्होछार मनाइएको छ । आइतबार साँझ एशिएन कम्युनिटी सेन्टरमा सयौंको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमसहित सप्ह्री ल्होछार मनाइएको हो । कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय तमु समुदाय साथै गैरतमु समुदाय तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको पनि सहभागिता थियो ।

साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष प्रेमकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाट, विशेष अतिथि तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, तमु समाज यूके अध्यक्ष बिन्दुकुमारी गुरुङ, साउथ इष्ट रिजनल तमुधिं लन्डन उपाध्यक्ष एवम् आमा समूह प्रमुद बिन्दु गुरुङ, मगर संघ साउथ इष्ट अध्यक्ष दलप्रसाद थापालगायतले मन्तव्य राख्दै तमु ल्होछारको शुभकामना दिएका थिए ।

संस्थाका अध्यक्ष प्रेमकुमार गुरुङले सबै अतिथि र आयोजक टीमका सदस्यलाई धन्यवाद ज्ञापन गरेका थिए । सोही समारोहमा साउथ इष्ट रिजनल तमुधिं लन्डनको मुखपत्र ‘आशिमलां’ को नयाँ अंक विमोचन गरिएको थियो । जसको प्रमुख सम्पादक सुमलकुमार गुरुङ तथा सह-सम्पादक माया गुरुङ र सारादेवी गुरुङ थिए ।

सो अवसरमा तमुधिं यूके नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, बेलायती सेना तथा एनएचएसमा सेवारत कन्सल्टेन्ट डा. मेजर सुदर्शन गुरुङ, तमु समाज यूके अध्यक्ष बिन्दुकुमारी गुरुङ, तमुधिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङ, तमुधिं जापान अध्यक्ष आर्मन गुरुङ र तमु संचारकर्मी संघ नेपाल अध्यक्ष लाला गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

त्यस्तैगरी संस्थाको विकासमा विशेष योगदान दिए वापत यस वर्षको कम्युनिटी अवार्ड सह-सचिव सुशील गुरुंगज्यु, टिक सुभा गुरुङज्यु र बबिता गुरुङज्युलाई प्रदान गरिएको थियो | साथै उत्कृष्ट तमु भेषभूषाका लागि धनु घले, राम तमु र सुभाना तमुस्यो पुरस्कृत भएका थिए ।

संस्थाका सचिव कमल गुरुङले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् पूर्व अध्यक्ष ह्यारी गुरुङले ‘हेल्थ एण्डी सेफ्टी’ तथा कार्यक्रम रुपरेखाबारे जानकारी गराएका थिए । उपाध्यक्ष शिवराम गुरुङ बिइएमले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

औपचारिक कार्यक्रमपछिको सांस्कृतिक सत्रमा विभिन्न स्थानीय कलाकारले आकर्षक नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने अन्त्यमा डिजे नाचमा मनोरञ्जन गरिएको थियो । सो अवसरमा नेपालबाट आएका गायक आशाराम गुरुङ र राजबहादुर गुरुङले विशेष प्रस्तुति दिए । सांस्कृतिक कार्यक्रम संयोजन र सञ्चालन सूर्य गुरुङले गरेका थिए ।

कमल गुरुङ
सचिव  |

Related posts