तमुधीको २२औं गोर्खा कप इन्ट्री टिकटिङको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गराऊनु हुने सम्पूर्ण दक्षिण पूर्ब क्षेत्रीय तमुधी लन्डनलाई धेरै धन्यवाद र बधाई !
गत २६ मे २०२४ मा सम्पन्न तमुधी युकेको २२औ गोर्खा कपमा SERTD ले ईन्ट्री टिकटिङ र कारपार्ककाे जिम्मेवारी सफलताका साथ पुरा गरेको छ। सधैझै फेरि पनि यो अवसरको लागि तमुधी यू.के. प्रति आभार प्रकट गर्दछु |
तमुधीं यूकेका कोषाध्यक्ष दिल माया गुरुङज्युले हामीलाई चाहिने खुद्रा पैसा £५०००/- र टिकेटहरु ल्याई दिनुभए पछि करिब ६:४५ बजे बाट हामीले काम सुरु गरेको थियौ, जतिबेला स्टल सेटअप गर्नेहरू आउन सुरु गरिसकेका थिए ।
SERTD का वर्तमान सल्लाहकार तथा यस इभेन्टका संयोजक श्री राम गुरुङको छोटो ब्रिफिङबाट सुरु भएको हाम्रो duty साँझ ६:३० सम्म हामी खटिएका थियौ। वहाँले तयार पार्नु भएको रोटाको पूर्व तैयारी र व्यवस्थापनले सिफ्ट अदली बद्लीमा कुनै समस्या भएन । त्यसो त हामी सबैजना समाजको मद्दतका लागि स्वतस्फुर्त रूपमा आएका थियौ। त्सबै जना Volunteer ज्युहरुले आफुले पाएको जिम्मेवारी लाई परिपक्वा ढङ्गले निर्वाह गर्नु भएको थियो |
साँझको ६:३० देखि हाम्रो टिकटको हिसाब किताब सुरु भयो। करिब ३०,३१ जना volunteer हरु बाट उठेको पैसा, टिकटको अर्धकट्टी सबैको एक एक गरी हिसाब गर्नु अत्यन्त झन्जटीलो र समय लाग्ने काम हो। कोषाध्यक्ष सुबाश गुरुङज्यु , सह सचिव सुशील गुरुङज्यु र सस्थाका सल्लाहकार मिना गुरुङज्युले एक एक गरी सबै हिसाब किताब तयार पारे पछि साँझ ८ बजे तमुधीं का कोषाध्यक्ष दिल माया गुरुङ लगायत अन्य पदाधिकारीहरुलाई SERTD का अध्यक्ष प्रेम कुमार गुरुङ, Co-ordinator राम गुरुङ, कोषाध्यक्ष सुबाश गुरुङ र सहसचिव सुशील गुरुङले ticketing बाट उठेको रकम £६९६९० संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो। गोर्खा कपको लागि यसरी दिनभरि SERTD ले खटेर ईतिहास मै पहिलो पटक सबै भन्दा धेरै रकम सकलन गर्न सफल भएको जानकारी गराउदछु | यसका लागि सयोजक राम गुरुङज्यु लगायत सम्पुर्ण सहयोगीहरुलाई बिषेश धन्यवाद ब्यक्त गर्द्छु | साथै साथ सहयोगको लागि तमुधीको कोषाध्यक्ष दिल माया गुरुङज्युले खुलेर उच्च प्रशंसा गर्नु भएको थियो |
त्यस्तै गरि हाम्रा आमा समुह प्रमुख तथा उपाध्यक्ष बिन्दु गुरुङज्युको नेतृत्वमा भोलेन्टियरहरुका लागि स्वादिष्ट खाना बनाएर लानु भएको थियो। हुन त तमुधींले पनि खाजा र खानाको राम्रो व्यवस्था गर्नु भएको थियो l
भोलेन्टियहरुको अभाव खट्किरहेको अवस्थामा डीबिसी युकेका आमा प्रमुख शर्मिला हिराचनज्यु, डा. एशिका गुरुङ नानि,अस्मिता बस्नेत नानी र छोरी पबित्र थापाले हामी सँगै सहकार्य गर्न मद्दत गर्नुभयो । जसका लागि हामीहरु अत्यन्तै आभारी छौ |
गोर्खा कपको बस ब्यवस्थापनमा यात्रुहरुलाई लाने ल्याउने जिम्मेवारी लिनु भएकोमा खड्का गुरुङज्युलाई पनि धन्यवाद नदिरहन सक्दिन |
अन्त्यमा, भोलेन्टियरहरु साँच्चै नै हिरोहरु हुनुहुन्थ्यो, लामो घण्टा सम्म खटिनुभयो, फेरि पनि सलाम छ। तपाईहरु प्रति हामी ऋणी छौ।
तपाईंको निरन्तर समर्थन लागि सबैलाई पुन: धन्यवाद ट्क्र्याउदछु |
कमल गुरुङ
सचिव |