Search

दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डनको २४औँ आजीवन सदस्य रात्री भोज भव्य रूपमा सम्पन्न ।

लण्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिँ लण्डन (SERTD) को २४औँ आजीवन सदस्य रात्री भोज तथा भेटघाट कार्यक्रम गत शनिबार, २० सेप्टेम्बरका दिन भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवराम गुरुङ बीईएमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्व तथा निवर्तमान अध्यक्षहरू, संस्थापक प्रमुख सल्लाहकार, आमा समूहका पूर्व तथा वर्तमान पदाधिकारी, सल्लाहकार, एघारौँ कार्यसमितिका पदाधिकारी तथा आजीवन सदस्यहरूको उल्लेखनीय... Read More

दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डनद्वारा बाढीपीडित राहतका लागि £५,२७२ हस्तान्तरण ।

लण्डन, १७ सेप्टेम्बर २०२६, बिहीबार । हालै नेपालमा आएको विनाशकारी बाढी तथा रसुवा–भोटेकोशी क्षेत्रमा परेको प्राकृतिक विपद्बाट प्रभावित तथा पीडित परिवारहरूको सहयोगका लागि £५,२७२.०० (पाँच हजार दुई सय बहत्तर पाउन्ड) रकम संकलन गर्न सफल भएको जानकारी गराउन पाउँदा दक्षिणपूर्व क्षेत्रीय तमुधी लण्डन (SERTD, London) परिवार अत्यन्त खुसी तथा गौरवान्वित भएको छ । वर्तमान अध्यक्ष शिव राम गुरुङ बि.ई.यम.ज्यू तथा संस्थापक... Read More

नेपाली मेलामा दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनको उत्कृष्ट ट्होटे तथा झाँकी प्रदर्शन l

लन्डन । तमु धीं यूकेको आयोजना तथा नेपाली राजदूतावास, लन्डनको सहकार्यमा ३० अगस्ट २०२६ मा केम्प्टन पार्कमा सम्पन्न १७औँ नेपाली मेलामा दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले उत्कृष्ट ट्होटे तथा झाँकी प्रदर्शन गरेको छ। ट्होटे पर्व तमु (गुरुङ) समुदायले मनाउने मौलिक सांस्कृतिक तथा ऋतु पर्व हो। गुरुङ भाषामा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउनु भन्ने बुझिन्छ। वर्षमा दुई पटक... Read More