Search

महिलाहरुको  महान चाड हरितालिका तीज कार्यक्रम l

महिलाहरुको  महान चाड हरितालिका तीज कार्यक्रम l
आदरणीय अध्यक्षज्यु तथा सम्पूर्ण सदस्यज्युहरुमा हार्दिक नमस्कार ।
मिति 04/08/2024 मा दक्षिण पूर्व क्षेत्रिय तमु धी लण्डन द्वारा आयोजना गरेको महिलाहरुको  महान चाड हरितालिका तीज कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुमा हार्दिक धन्यवाद ब्यक्त  गर्दछौ। साथै, यो कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सहयोगी हातहरु प्रति दक्षिण पूर्व क्षेत्रिय तमु धी लण्डनको कार्यसमिति परिवार हार्दिक आभार व्यक्त गर्न चाहन्छ । आफ्नो अमूल्य समय दिएर यहाँहरु कार्यक्रममा सहभागी हुनुभयो जसले गर्दा हामीलाई आगामी दिनमा अन्य कार्यक्रमहरु गर्नका लागि थप उर्जा प्राप्त भएको छ । कार्यक्रमका दौरानमा केही कमी कमजोरी भएको भए क्षमा याचना गर्दै आगामी दिनमा यसलाई सुधार्दै अघि बढ्ने प्रण गर्दछौ। यहाँहरुको प्रतिक्रिया र सुझावलाई हामी सदैव मनन गर्नेछौं ।
हामी आशा गर्दछौं कि यो कार्यक्रमले एकता, संस्कृति र एकताको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । सल्लाहकार/ट्रस्टीज्युहरू,कार्यसमितिका साथिहरु जसले खाना व्यवस्थापन, पेय पदार्थ, हल, सेटअप देखि समापन सम्म सहयोग गर्नु भई कार्यक्रम सफल तथा सौहार्द रुपमा आयोजना गरिदिनु भएकोमा बिशेष धन्यवाद | यहाँ सबैको नामहरू उल्लेख गर्न धेरै लामो हुनेछ त्यसैले तपाईंको नाम र योगदानहरू सधैं सराहनीय छन्।
Thank you once again for being a part of this wonderful occasion.
कमल गुरुङ
सचिव
SERTD London दशौ कार्य समिति ।

 

Related posts