Search

१५औं नेपाली मेलामा दक्षिण पुर्व क्षेत्रीय तमूधीं लन्डनले ट्होट्हे प्रस्तुति सफता साथ सम्पन्न l

१५औं नेपाली मेलामा दक्षिण  पुर्व क्षेत्रीय तमूधीं लन्डनले ट्होट्हे प्रस्तुति सफता साथ सम्पन्न l
SERTD का सम्पूर्ण सदस्यहरुमा सादर नमस्कार !
बिषय : बिषेश धन्यवाद
उपरोक्त सम्बन्धमा  हिजो सम्पन्न तमुधी युकेले  आयोजना  गरेको १५औं सस्करण नेपाली मेलाको ट्होटे र झांकी कार्यक्रममा सहभागी सबै SERTD लण्डनका परिवारलाई बिशेष धन्यवाद व्यक्त गर्दछु | सबै जनालाई एकसाथ देख्न  पाउँदा एकदमै खुशी लाग्यो। हामी आशा गर्दछौं कि यस कार्यक्रमले हाम्रो सांस्कृतिक र सामाजिक मूल्यमान्यताको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ।हामी सबैको सामुहिक प्रयास बिना यो सम्भव हुने थिएन |
हामीले जति गर्न सक्यौं त्यति गरे जस्तो लाग्छ। यहाँहरुको प्रतिक्रिया र सुझावलाई हामी सदैव मनन गर्नेछौं ।
साथै SERTD लन्डनको तर्फबाट कार्यक्रम संयोजक नन्द राज दाई,उहाँको उत्कृष्ट व्यवस्थाको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। कार्यसमितिका साथीहरु, सल्लाहकारज्युहरु/ट्रस्टीज्युहरूलाई कार्यक्रम सफल बनाइदिनको लागि विषेश योगदान दिनु हुने सदस्यज्युहरुलाई पुनः धन्यवाद ब्यक्त गर्दछु |
अन्त्यमा सबै सहभागी दाजुभाइ दिदीबहिनीहरु सबैलाई धेरै धेरै धन्यवाद।विशेष गरी खाजा नास्ताको व्यवस्था गर्नु हुने आमा प्रमुख, उपाध्यक्ष श्रीमती बिन्दु गुरुङ दिदि र वहाँको सम्पूर्ण टीम साथै सफ्ट ड्रिंक्सको प्रायोजन गर्नु हुने आमा प्रमुख बिन्दु दिदि / DBC UK का आमा प्रमुख शर्मिला हिराचन ज्यु,पिउने पानी  प्रयोजन गर्नु हुने यमु दाइ/तारा साली र Tea /coffee प्रयोजन गर्नु हुने मिना दिज्यु(योगेश) /फरिदा बहिनि  प्रति आभार प्रकट गर्दछु । यहाँहरु सम्पूर्णको जय होस् भनि भगवान प्रार्थना गर्दछु |
तपशिल
कमल गुरुङ
सचिव

Related posts