Search

दक्षिण पूर्वीय क्षेर्त्रिय तमुधी लण्डनको आजीवन सदस्य रात्रिभोज सम्पन्न l

दक्षिण पूर्वीय क्षेर्त्रिय तमुधी लण्डनको आजीवन सदस्य रात्रिभोज सम्पन्न l

दक्षिण पूर्वीय क्षेर्त्रिय तमुधी लण्डनको आजीवन सदस्य रात्रिभोज सम्पन्न भएको छ ।
२१ सेप्टेम्बर २०२४ वेइलिंग स्थित सेन्ट माइकल हलमा उक्त रात्रिभोज सम्पन्न भएको हो । अध्यक्ष प्रेम कुमार गुरुङज्युको अध्यक्षतामा भएको लाइफ मेम्बर डिनर नाइटमा तमुधीको अध्यक्ष हरि गुरुङज्यु र उहाको धर्म पत्नी सन्ध्या गुरुङ र रोयल बोरो ग्रिनवीचका मेयर जित रानाभाटज्युको उपस्थिति रहेको थियो |
कार्यक्रममा स्वागत मन्तव्य दक्षिण पूर्वीय तमुधी लण्डनका उपाध्यक्ष शिबराम गुरुङ B.E.M. ज्यु एवं कार्यक्रम संयोजक सुर्य गुरुङज्युले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन सचिव कमल गुरुङज्युले गरेको थियो । स्वास्थ्य तथा सुरक्षाका विषयमा डम्मर काजी गुरुङज्युले ब्रिफ गर्नु भएका थिए ।
अध्यक्ष प्रेम कुमार गुरुङ, संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ र समाजका जेष्ठ नागरिक श्रीमती तुलाश्री गुरुङज्यु लगायतले दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन पश्चात् नेपाल र ब्रिटेनको राष्ट्रिय गान बजाइएको थियो । लगत्तै दिवंगत भएका आजीवन सदस्यहरुको नाममा एक मिनेट मौन धारण गरिएको थियो ।
उक्त कार्यक्रममा दक्षिण पूर्वीय क्षेत्रिय तमुधी लण्डनको स्वागत गीत द्वारा उपस्थित पाहुनाहरुलाई बाबाआमा समूहले स्वागत गरेका थिए । नयाँ आजीवन सदस्यहरुलाई स्वागत,बधाई गर्ने कार्यक्रम पनि रहेको थियो | बधाई,सम्मान र सस्कृतिक कार्यक्रम सकिएपछि राफल ड्र सञ्चालन गरिएको थियो ।
यस सस्थाको सल्लहाकार मिना गुरुङज्युको रचंनामा सजिएको बधाई गीतको बिमोचन पनि गरेको थियो भने उक्त कार्यक्रम सुर्य गुरुङजुले सन्चालन गरेको थियो | मिना दिदिलाई पुनः एक पटक बधाई सुभकामना व्यक्त गर्दछु |
सास्कृतिक कार्यक्रम संयोजक सुर्य गुरुङले सञ्चालन गरेका थिए ।
त्यस्तैगरी कार्यक्रममा तमुधीं यूकेको अध्यक्ष हरि गुरुङज्यु र रोयल बोरो ग्रीनवीचका मेयर जित रानाभाटज्युले दक्षिण पूर्वीय क्षेत्रिय तमुधी लण्डनले विभिन्न क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।
साथै हाम्रो निमन्त्रणालाई स्विकार गरि कार्यक्रममा आफ्नो बेजोड प्रस्तुतिहरु राखि दर्शकहरुलाई भरपुर रमाइलो गराइदिनु भएकोमा लोक तथा मौलिक गायक राष्ट्रीय कलाकार श्री राजन गुरुङ र मोडेल डान्सर रुबिना अधिकारीज्युलाई पनि बिशेष धन्यवाद व्यक्त गर्दछु | र साथै कार्यक्रममा आफ्नो कला प्रस्तुत गरेर दर्शकहरुलाई रमाइलो गराइ दिनुभएकोमा सम्पूर्ण स्थानिय कलाकार साथीहरुलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु | तपाईंहरु सम्पूर्णको साथ सहयोग यसरी नै सदैब मिलिरहने छ भन्ने आशा राख्दछु |
अन्त्यमा अध्यक्ष प्रेम कुमार गुरुङले कार्यक्रम सफल पारिदिएकोमा उपस्थित अतिथिहरु र सहभागी तथा कार्यसमितिलाई धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।
जय तमु !
कमल गुरुङ
सचिब,दक्षिण पूर्वीय तमुधी लण्डन,दशौ कार्यसमिति

 

Related posts