तमुधिँ युके को आयोजनामा मे २५ को दिन हुनगएको २३ औ गोर्खा कपको मेन ईन्ट्रान्स टिकेटिङ कार्यक्रम दक्षिण पुर्व क्षेत्रिय तमुधिँ लण्डन द्वारा सफलतापुर्वक सम्पन्न ।
दक्षिण पुर्व क्षेत्रिया तमुधिँ लण्डन द्वारा २५ मे २०२५ मा सम्पन्न भएको तमुधी युकेले आयोजना गरेको २३औं गोर्खा कप फुटबल प्रतियोगिताको इन्ट्री टिकटिङ कार्यभारको जिम्मा लिएकोमा दिनभर कुनै पनि अप्रिय घट्ना नभईकन अत्यन्त सफलतापूर्वक सम्पन्न गराईएकोमा खुशी व्यक्त गर्दै संस्थाका वर्तमान अध्यक्ष शिबराम गुरुङ (BEM.) द्वारा तमुधिँ युके सँग एक आपसमा बलियो सम्बन्ध रहिरहोस् भनी शुभकामनाको साथमा सम्पूर्ण स्वयमसेवकहरु प्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै साथ सपोर्ट र हौसला दिनुहुन हार्दिक अनुरोध गर्नुभयो ।
उक्त दिन बिहान ४ बजे नै स्वयंसेवकहरू दक्षिणपूर्व लन्डनका विभिन्न स्थानबाट कारमा यात्रा आरम्भ गरी ६ बज्नुभन्दा अगावै कार्यक्रम स्थल Queens Avenue, Aldershot मा पुगेका थिए। मौसम अनुकूल भएकाले कार्य अझ सहज रूपमा सम्पन्न हुन सक्यो । तमुधीं यूकेका कोषाध्यक्ष आदरणीय अरुण गुरुङज्यूबाट आवश्यक टिकट र खुद्रा रकम प्राप्त भएपछि बिहान ६:४५ बजेबाट टिकटिङ कार्य विधिवत रूपमा सुरु गरिएको थियो।
संयोजक राम गुरुङज्यूको योजनाबद्ध ब्रिफिङ र व्यवस्थापन (rota) प्रणालीका कारण स्वयंसेवकहरूको सिफ्ट परिवर्तन सहज ढंगले सञ्चालन भएको थियो । टिकट वितरण कार्य अत्यन्त पारदर्शी रुपमा सम्पन्न गरियो, जहाँ VIP र अन्य निश्चित अपवादबाहेक सबैले टिकट मार्फत मात्र प्रवेश पाएका थिए । सबै स्वयंसेवकहरू जिम्मेवार, इमानदार र समर्पित भएर खटिएको जानकारी गराऊदछु ।
साँझ ६:३० बजेपछि टिकटको हिसाबकिताब सुरु गरियो। कोषाध्यक्ष दिकपाल गुरुङ, उपाध्यक्ष मीना गुरुङ, सह सचिव सुशील गुरुङ र निवर्तमान आमा प्रमुख बिन्दु गुरुङले उक्त जिम्मेवारी सम्हालेर, संकलित रकम तमुधीं यूकेका कोषाध्यक्ष अरुण गुरुङ र सह-कोषाध्यक्ष प्रेमराज गुरुङलाई, अध्यक्ष – शिबराम गुरुङ B.E.M., संयोजक राम गुरुङ, कोषाध्यक्ष दिकपाल, सह सचिव सुशील गुरुङको संयुक्त उपस्थितिमा हस्तान्तरण गरेका थिए । यस पालि संकलित रकम अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताइएको छ । तमुधी युकेको सह-कोषाध्यक्ष प्रेमराज गुरुङज्युले दक्षिण पुर्व क्षेत्र तमुधिँ युकेले गरेको योगदानको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रम अवधिभर स्वयंसेवकहरूको लागि उपाध्यक्ष मीना गुरुङको नेतृत्वमा दिदिबैनीहरुले तयार पारिएको खाना अत्यन्त स्वादिलो र उपयोगी रह्यो । साथै यश सँस्थाका आजिवन सँस्था जीवन गुरुङ र रन्जु गुरुङको तर्फबाट एक बक्स फ्रेस केरा प्रायोजन गर्नुभएको थियो ।
कार्यब्यस्तताको बाबजुद पनि १४–१५ घण्टा सम्मा लगातार टिकेटिङमा सँस्थाका अध्यक्ष शिबराम गुरुङ B.E.M. र सँयोजक राम गुरुङ दुबैजना दिनभर आफै खटेर काम गर्नु भएको र साथमा वहाँका टिमहरुमा निवर्तमान अध्यक्ष प्रेम कुमार लामा, पुर्व अध्यक्ष ह्यारी गुरुङ, उपाध्यक्ष तथा आमा प्रमुख मिना गुरुङ,उपाध्यक्ष यम गुरुङ लगायत एघारौँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु, निवर्तमान उपाध्यक्ष तथा आमा प्रमुख बिन्दु गुरुङ, पुर्व उपाध्यक्ष तथा आमा प्रमुखहरुमा कमला गुरुङ, पार्वति गुरुङ, श्री पुम्दिभुम्दि समाजका अध्यक्ष योगेश गुरुङज्यु, DBC. Uk का अध्यक्ष चन्द्र गुरुङज्यु, अध्यक्ष सोँपाल समाज यु.के. जगदिश गुरुङ लगायत अन्य दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय भूमिका रहेको थियो ।
उक्त कार्यक्रमको सम्पूर्ण सफलतामा योगदान पुर्याउनु हुने मध्ये, SERTD की उपाध्यक्ष मिना गुरुङ दिदीले स्वयंसेवकहरूका लागि खानाको व्यवस्थापन मात्र नभई आउन–जानको लागि बसको समेत व्यवस्था र समन्वय गर्नु भएकोमा विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
उक्त दिनको टिकटिङ कार्यमा व्यवस्थापन क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको र दिनभर कार्यक्रममा खटिनु भएका सम्पूर्ण स्वयंसेवकहरूबाट भएको योगदानको उच्च कदर गर्दै दक्षिण पुर्व क्षेत्र तमुधिँ लण्डन प्रति तमुधिँ युके परिवार अत्यन्तै आभारी छौँ भन्दै कोषाध्यक्ष अरुण गुरुङद्वारा अन्त्यमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
सचिब कमल गुरुङ ।