Search

जनगणना को लागी फर्म भर्ने कार्यक्रम ईंङ्ल्याण्ड्को जनगणना मा सहभागी बनौं ।

जनगणना को लागी फर्म भर्ने कार्यक्रम  ईंङ्ल्याण्ड्को जनगणना मा सहभागी बनौं ।

आदरणीय सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन का संस्थापक अध्यक्ष ज्यू , पुर्ब अध्यक्ष ज्यू हरु, आठौं कार्यसमिति को सम्पुर्ण पदाधिकारी ज्यू हरु, प्रमुख सल्लाहकार ज्यू , संस्थापक सल्लाहकार ज्यू ,संस्थापक आमा प्रमुख ज्यू , पुर्ब आमा प्रमुख ज्यू , आमा समुह, सम्पुर्ण सल्लाहकार ज्यू हरु, अजीबन सदस्य ज्यू हरु लगायत सम्पुर्ण शुभ चिन्तक ज्यू हरुमा नमस्कार साथै न्यानो अभिबादन ।

 

बिशेष बिषय : CENSUS 2021 FORM ईंग्ल्याईण्ड को 10 बर्ष मा हुने ईंग्ल्याईण्ड्को

जनगणना को लागी फर्म भर्ने कार्यक्रम ईंङ्ल्याण्ड्को जनगणना मा सहभागी बनौं ।

CENSUS 21st March 2021 को लागी हजुर हरु ले फर्म भर्नु भयो की भएन यदि भर्नु भएको छैन भने फर्म भर्न शुरु गर्नुहोस भनि आदरणीय सम्पुर्ण सद्स्य महानुभाव ज्यू हरु लाई म हजुर हरु समक्क्ष  बिषेश बिनम्र अनुरोध गर्दछु।  हाम्रो संथा दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा ईग्ल्याण्ड्को जनगणना को लागी फर्म भर्ने पहिलो चरणको कार्यक्रम हिजो तारिख 07/03/21 आईतबार को दिन मा सम्पन्न भएको हजुरहरु समक्क्ष जानकारी दिन चाहन्छु।  उक्त फर्म भर्ने कार्यक्रम बिहान को 11 :00 बजे शुरु गरिएको थियो र दिउँसो को 16:00 बजे सम्पन्न भएको जानकारी दिन चाहन्छु।  हाम्रो संथाको पुर्ब अध्यक्ष ज्यू आदरणीय श्री श्रीचन्द्र गुरुङ ज्यू यस कार्यक्रम को संयोजाक हुनु हुन्छ र सह संयोजाक हाम्रै संथा को उपाध्यक्ष ज्यू श्री हेरी गुरुङ हुनु हुन्छ् । संयोजाक श्री श्रीचन्द्र गुरुङ ज्यू को संयोजाकता मा हिजो हाम्रो संथा द्वारा थुप्रै आदरणीय सदस्य महानुभाव ज्यू हरुले जनगणना को लागी फर्म भर्नु भएको थियो ।  बिशेष गरेर हाम्रो आदरणीय जेष्ठ नागरिक ज्यू हरु र वहाँ हरुकै सुबिधा को लागी मध्यनजर राख्दै यो कार्यक्रम गर्ने निर्णय हाम्रो संथा द्वारा लिईएको थियो ।

स्मरण रहोस हाम्रो संथाको मात्र आदरणीय जेष्ठ नागरिक ज्यू हरु नभैकन हामी सबै नेपाली जातीय हरु को लागी उक्त कार्यक्रम को आयोजना गरिएको थियो ।  हिजो तारिख 07/03/21 आईतबार को दिन जनगणना को लागी फर्म भर्न को लागी थुप्रै हाम्रो आदरणीय जेष्ठ महानुभाव ज्यू हरु र सदस्य महानुभाव ज्यू हरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम मा संयोजाक पुर्ब अध्यक्ष श्री श्रीचन्द्र गुरुङ , सह संयोजाक श्री हेरी गुरुङ, म आफै,  प्रमुख सल्लाहकार ज्यू तथा पुर्ब अध्यक्ष ज्यू क्याप्टेन नारायन बहादुर गुरुङ MVO साहेब, पुर्ब अध्यक्ष श्री हरी गोबिन्दा ज्यू,  हाम्रो वेब मास्टर ज्यू श्री अशोक गुरुङ ज्यू , उपाध्यक्ष तथा आमा प्रमुख ज्यू श्रीमती पार्बती गुरुङ, साफा को तर्फ देखि हाम्रो अनेरी मेम्बर श्री जेरी अर्मस्ट्रोङ, हाम्रो कोषाध्यक्ष श्रीमती कमला गुरुङ, सह कोषाध्यक्ष श्रीमती ॐ देबि गुरुङ, सल्लाहकार श्री डमर काजी गुरुङ लगायत थुप्रै सदस्य महानुभाव ज्यू हरुको उपस्थिति रहेको थियो । कार्यक्रम को संयोजाक श्री चन्द्र गुरुङ ज्यू र वहाँ को सम्पुर्ण टीम लाई म हाम्रो संथाको तर्फ देखि र मेरो ब्यक्तिगत  तर्फ देखि मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

स्मरण रहोस: CENSES 21 st March 2021 ईँग्ल्याईड्को जनगणना को लागी फर्म भर्न को लागी हामी लाई लुम्बिनी टेलर्सले स्पोंन्सर गर्नु भएको जानकारी दिन चाहन्छु साथै लुम्बिनी टेलर्स लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।  उक्त दिन मा भोलीन्टीएर ज्यू हरुको लागी खानाको स्पोंन्सर हाम्रो संथा दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा गरिएको पनि हजुरहरु समक्क्ष जानकारी दिन चाहन्छु ।
भोलीन्टीएर काम गर्नु हुने सदस्य महानुभाव ज्यू हरुको सुबिधा को लागी कुर्सी र टेबलहरु पनि उपलब्ध गराईएको थियो । अहिले को परिस्थिति लाई मध्यनजर राख्दै दुई 2 मीटर को दुरी गरी कार्यक्रम को संचालन गरिएको थियो ।

धन्यवाद

भवदीय ,
अध्यक्ष
श्री हीरा प्रसाद गुरुङ
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन
SERTD 🇬🇧.

Related posts