तारिख 23/01/21 शनिवार को बेलुकी हाम्रो संस्था द्वारा भर्चुल जुम भिडीयो मिटीङ राखिएको थियो । उक्त मिटीङ मा हाम्रो संस्थाको पुर्ब अध्यक्ष श्री श्रीचन्द्र गुरुङ ज्यू ले हामीलाई NHS Greenwich & Lewisham Project Hope को बारेमा जानकारी दिनु भएको थियो । हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ ले पनि NHS लाई सहयोग गरिने निर्णय लिईएको थियो। सोही दिन बाट हाम्रो संस्थाको पुर्ब अध्यक्ष ज्यू श्री श्रीचन्द्र गुरुङ ज्यू को संयोजक्ता मा हाम्रो संस्थाको सदस्य महानुभाव ज्यू हरु बाट सोइच्छाले रकम जम्मा गरीएको थियो ।
हाम्रो संस्थाको सद्स्य महानुभाव ज्यू हरु द्वारा उठेको रकम जम्मा Total £1736.00 र समाज को तर्फ देखि £101.00 Total = £1837.00 उठेको थियो। सो रकम आज तारिख 17/02/21 बुधवार को दिन मा हाम्रो संस्था द्वारा जम्मा गरिएको रकम आज हाम्रो संस्थाको अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू को बाहुली बाट NHS Greenwich & Lewisham Project Hope लाई हस्तान्तरण गरिएको हजुरहरु समक्ष जानकारी दिन चाहन्छु । हाम्रो संस्थाको आदरणीय अध्यक्ष ज्यू ले हाम्रो संस्थाको पुर्ब अध्यक्ष ज्यू आदरणीय श्री श्रीचन्द्र गुरुङ ज्यू लगायत सम्पुर्ण सहयोगी महानुभाव ज्यू हरु लाई वहाँ हरुको संस्था प्रति को माया र योगदान को कदर गर्दै आफ्नो ब्यक्तिगत र संस्थाको तर्फ देखि भित्री हीर्दय देखि नै मुरी मुरी धन्यवाद दिनु भएको छ । साथै आगामी कार्यक्रम हरु मा पनि यस्तै प्रकारको साथ र सहयोग को अपेक्षा राख्दछु भन्नु भएको छ ।
आज निम्न लिखीत सदस्य महानु भाव ज्यू हरु द्वारा उक्त रकम NHS Greenwich & Lewisham Project Hope लाई हस्तान्तरण गर्न जानु भएको थियो । हजुरहरु समक्ष जानकारी दिन चाहन्छु ।
1. Chairman (sertd) Mr.Hira Prasad Gurung
2. Chief V/C Mr.Suman Gurung
3. V/C Mr.Harry Gurung
4. V/C Mrs Parbati Gurung
5. Gen/Secretary Mr.Damar Gurung
6.Treasurer Mrs Kamala Gurung / Khem
7. Chief Adviser Capt Rtd/Narain Bahadur Gurung (MVO)
8. Former Chairman Mr.Shrichandra Gurung (coordinator)
धन्यवाद
भवदीय,
महासचिब
डमर गुरुङ
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन
SERTD UK 🇬🇧.