आदरणीय सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन का संस्थापक अध्यक्ष ज्यू , पुर्ब अध्यक्ष ज्यू हरु, आठौं कार्यसमिति को सम्पुर्ण पदाधिकारी ज्यू हरु, प्रमुख सल्लाहकार ज्यू , संस्थापक सल्लाहकार ज्यू , संस्थापक आमा प्रमुख ज्यू , पुर्ब आमा प्रमुख ज्यू आमा प्रमुख ज्यू ,आमा समुह, सम्पुर्ण सल्लाहकार ज्यू हरु, अजीबन सदस्य ज्यू हरु लगायत सम्पुर्ण शुभ चिन्तक ज्यू हरु मा नमस्कार साथै न्यानो अभिबादन 🙏
बिशेष बिषय : हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा तारिख 19/03/20 देखि SERTD Helpline Covid-19 कोरोना भाईरस Pandemic Covid-19 आफत कालीन सेवा प्रारम्भ गरिएको पनि आज तारिख 19/03/21 मा 1 बर्ष पुरा भएको जानकारी दिन चाहन्छु।
एक बर्ष मा हाम्रो संस्था द्वारा 49 वटा घर परिवारहरु लाई बिशेष गरी हाम्रो आदरणीय जेष्ठ नागरिक ज्यू हरु हाम्रो बाबा आमाहरु लाई सेवा उपलब्ध गराई सकेको साथै हाम्रो प्यारो देश नेपाल को गण्डकी हस्पिटल लाई नेपाली रुपैंयाँ एक लाख को 1,00,000.00 PPE जस्तै मास्क, ग्लबस , सेनिटाईजर ईत्यादि र रामघाट 10 मा अवस्थित बौद्ध अर्घो सदनका लामा शिष्यहरु लाई पनि हाम्रो संस्था द्वारा नेपाली रुपैंयाँ 20,000.00 सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो । NHS लाई £1836.00 हस्तान्तरण गरिएको थियो । एक जना नेपाली बिद्यार्थोलाई उदार गरिएको हजुरहरु समक्ष जानकारी दिन चाहन्छु। हाम्रो SERTD UK Helpline Covid-19 अझै सेवाको लागी खुला नै रहेको र जब सम्म कोरोना भाईरस विश्वा बाट नै निर्मुल हुदैन तब सम्म हाम्रो आफत कालिन सेवा हजुर हरु को सेवा को लागी खुला नै रहने छ् ।
स्मरण रहोस: हामी ले यो आफत कालीन सेवाहरु हाम्रो गुरुङ जातीय लाई मात्र नभैकन सम्पुर्ण हाम्रो नेपाली जातीयहरुको सेवाको लागी खोलिएको हो र सबै नेपाली जातीय हरुलाई सेवा उपलब्ध गराउदै आएका छौं ।
आदरणीय सम्पुर्ण समाज सेबी अभियन्ता ज्यू हरु समाज सेवा नै धर्म हो, मानवता नै पूजा हो भन्ने भनाई लाई मनन गर्दै यस्तो कठिन परिस्थिति मा पनि आफ्नो अ्मुल्य जीबन को पर्बाह न गरीकन यस्तो मानबिय स्ँक्रमणिय अवस्था मा पनि यस पुण्य कार्यमा सेवा उपलब्ध गराई सक्नु भएका आदरणीय हाम्रो सम्पुर्ण सदस्य महानुभाव ज्यू हरुलाई मेरो ब्यक्तिगत र संस्थाको तर्फ देखि भित्री हिर्दय देखिनै मुरी मुरी धन्यवाद दिन चाहन्छु ।
धन्यवाद
भवदीय ,
अध्यक्ष
श्री हीरा प्रसाद गुरुङ
दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन
SERTD 🇬🇧.