Search

आजिवन सदस्य डीनर पार्टी तथा 20औं वार्षीकउत्सव l

आजिवन सदस्य डीनर पार्टी तथा 20औं वार्षीकउत्सव  l गत शनिबार, 15 अक्टोबर 2022 का दिन दक्षिणपुर्ब क्षेत्रीय तमुधिं लन्डन (SERTD) ले लाइफ मेम्बर पार्टी  तथा 20औं बर्षगाँठ सफलताकासाथ सम्पन्न गरेको छ। स्थानिय वूल्विचको सेन्ट जर्ज ग्यारीजन चर्चमा भएको उक्त कर्यक्रममा 160 भन्दा बढी सदस्यहरुको सहभागिताथियो। सम्झ्यौं SERTD  स्थापनाको यो कार्यक्रम मनाई रहँदा हामीले तपाईहरु थुप्रै महानुभावहरु लाई जस्को अमुल्य योगदानले आज हामी आफ्नो बीसौं बर्सगाँठ मनाउन सफल भयौँ। बिगत बीस बर्षमा हाम्रा अग्रजहरु तपाईहरुले धेरै हन्डरठक्कर खाएर, धेरै दुखहरु गरेर आज हामी याहाँ आई पुगेका छौं। हाम्रो अफ्नै(मोर्गेज फ्री) समाज घर भएको छ। कोविडको विश्वब्यापीमाहामारीका बेला हामिले हाम्रा केहि असहाय बाबाआमाहरुलाई बिभिन्न सहयोगहरु गर्न सक्यौं। स्थानिय NHS लाई केहि आर्थिक सहयोग रनेपालमा अक्सिजन सिलिन्डर खरिदका लागि पनि रकम पठाउन सक्यौं। यसका अलावा बिगतमा नेपालमा भुईँचालो जाँदा र अन्य परोपकारीकार्यहरुमा समाज बाट उल्लेख्य सहयोगहरु भएका छन्। यी सबै कार्यहरु तपाई हामी सबैको सहकार्य, हातेमालो र समझदारीमा सम्भव भएकोहो। समाज प्रतिको यहाँहरुको योगदानको हामि सधैं उच्च मुल्यांकन गर्दछौ। हाम्रो यो ऐतिहासीक कर्यक्रम सफल बनाउन तपाईहरु सबै जनाको प्रतक्ष अप्रतक्ष सहयोग प्रति SERTD नवौं कार्य समीति आभार ब्यक्तगर्दछ। ड्रींकमा पान बहादुर, चक घले, खिम कुमार आदिले सहयोग गर्नुभयो। टिपन – टापनमा बबिता, बिजन, दिता आदि हुनुहुन्थ्यो। शिबराम,उमा, बिशन, रन्जुको नाच नहुदो हो त कार्यक्रम खल्लो हुन्थ्यो। ‘जहाँ छन बुद्धका आँखा …’ जस्ता कर्णप्रीय गित गाएर डिजे सपन कुमारलेमाहोल तताउनु भयो। भान्जी रश्ना का गितहरु पनि अत्यन्त राम्रा थिए। कार्यक्रम संयोजक/इन्टेर्टेन्मेन्ट ओआइसि सुर्य गुरुङको दर्शक तताउनेकलाको त हामी तारिफ नगरि रहन सक्दैनौं। त्यस्तै राफल ड्र का प्रायोजक ज्युहरु प्रति पनि हाम्रो उच्च सम्मान छ।   प्रायोजकहरू : मोहन/बनु गुरुङ (अकला ज्योलर्स) सुर्य गुरुङ (पिपल मोर्गेजमोर्गेज) सचिन श्रेष्ठ (गोर्खा बियर)   सूर्य गुरुङ् सचिव Read More

Winter and Spring Clothes Project by SERTD

गत शनिबार 23अप्रिल का दिन दक्षिणपूर्व क्षेत्रिय तमुधीं लन्डन (SERTD) ले Winter and Spring Clothes Project कार्यक्रम सम्पन्न गरेको छ।ग्रीनवीच काउन्सिल बाट प्राप्त £6200.00 रकम समाजका वृद्ध वृद्धाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा 101 जना हाम्रा बाबा आमाहरुलाई न्यानो कपडा र 500ml को थर्मस वितरण गरिएको थियो। हुन त विन्टरको लागि भनी हामीले कार्यक्रम तय गरेका थियौं। तर सबै... Read More

तमुधी युके द्वारा कम्युनिटी अवार्ड प्रदान |

26 डिसेम्बर २०२१ का दिन तमुधी युके द्वारा कम्युनिटी अवार्ड हाम्रो संस्थाका सल्लाहकार सुर्य गुरुङ र कोषाध्यक्ष अर्चना गुरुङलाई प्रदान | Read More

साउथ इष्ट रिजनल तमुधिंको ल्होछार On 27 Dec 2021 ।

लन्डन डिसेम्बर २९ । साउथ इष्ट लन्डनका तमुहरु ल्होछार पर्वमा रमाएका छन् । साउथ इष्ट रिजनल तमुधिंको आयोजनामा सोमबार प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा सयौं तमु तथा गैरतमुहरुको उपस्थितिमा ल्होछार मनाइएको हो । साउथ इष्ट रिजनल तमुधिंका अध्यक्ष ह्यारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ल्होछारको शुभकामना आदान प्रदान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा भाग लिन साउथ इष्ट... Read More

दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा गरिएको Pre AGM भर्चुल जुम भिडीयो मिटीङ l

अध्यक्ष ज्यू श्री हीरा प्रसाद गुरुङ ज्यू लगायत सम्पुर्ण मा नमस्कार साथै न्यानो अभिबादन  l बिशेष बिषय : तारिख 11/04/21 आईताबार को दिन मा हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन द्वारा गरिएको Pre AGM भर्चुल जुम भिडीयो मिटीङ को बारेमा तारिख 11/04/21 आईताबार को दिन जुम भिडीयो भर्चुल मिटीङ भएको हजुर हरु समकक्ष जानकारी दिन चाहन्छु ।  कार्यक्रम... Read More

Covid-19 आफत कालीन सेवा प्रारम्भ गरिएको पनि आज तारिख 19/03/21 मा 1 बर्ष पुरा भएको जानकारी दिन चाहन्छु।

आदरणीय सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन का  संस्थापक अध्यक्ष ज्यू , पुर्ब अध्यक्ष ज्यू हरु, आठौं कार्यसमिति को सम्पुर्ण पदाधिकारी ज्यू हरु, प्रमुख सल्लाहकार ज्यू , संस्थापक सल्लाहकार ज्यू , संस्थापक आमा प्रमुख ज्यू , पुर्ब आमा प्रमुख ज्यू आमा प्रमुख ज्यू ,आमा समुह, सम्पुर्ण सल्लाहकार ज्यू हरु, अजीबन सदस्य ज्यू हरु लगायत सम्पुर्ण शुभ चिन्तक ज्यू हरु... Read More

जनगणना को लागी फर्म भर्ने कार्यक्रम ईंङ्ल्याण्ड्को जनगणना मा सहभागी बनौं ।

आदरणीय सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ लण्डन का संस्थापक अध्यक्ष ज्यू , पुर्ब अध्यक्ष ज्यू हरु, आठौं कार्यसमिति को सम्पुर्ण पदाधिकारी ज्यू हरु, प्रमुख सल्लाहकार ज्यू , संस्थापक सल्लाहकार ज्यू ,संस्थापक आमा प्रमुख ज्यू , पुर्ब आमा प्रमुख ज्यू , आमा समुह, सम्पुर्ण सल्लाहकार ज्यू हरु, अजीबन सदस्य ज्यू हरु लगायत सम्पुर्ण शुभ चिन्तक ज्यू हरुमा नमस्कार साथै न्यानो... Read More

दक्षिण पूर्व क्षेत्रीय तमु धिं लन्डनले इंग्ल्यान्डमा हुने, जनगणना 2021

बिशेष बिषय : ईंग्ल्याण्ड्को जनगणनमा सहभागी बनौं CENSUS 21st March 2021 . तारिख 28/02/21 आईतबारको बेलुकी भर्चुल भिडीयो जुम मिटीङ गरिएको थियो। हाम्रो संस्था द्वारा ईंग्ल्याण्डको जनगणना मा सहभागी बनौं CENSUS 21st March 2021 को बारेमा बिशेष भर्चुल जुम भिडीयो मिटीङ को आयोजना गरिएको थियो । उक्त कार्यक्रमको सन्चलान म आफै ले गरेको थिएँ । स्वागत मन्तव्य हाम्रो संस्थाको उपाध्यक्ष... Read More

NHS Greenwich & Lewisham Project Hope

तारिख 23/01/21 शनिवार को बेलुकी हाम्रो   संस्था द्वारा भर्चुल जुम भिडीयो मिटीङ राखिएको थियो । उक्त मिटीङ मा हाम्रो संस्थाको पुर्ब अध्यक्ष श्री श्रीचन्द्र गुरुङ ज्यू ले हामीलाई NHS Greenwich & Lewisham Project Hope को बारेमा जानकारी दिनु भएको थियो ।  हाम्रो संस्था दक्षिण पुर्ब क्षेत्रीय तमु धिँ ले पनि NHS लाई सहयोग गरिने निर्णय लिईएको थियो। सोही दिन बाट... Read More