Search

Winter and Spring Clothes Project by SERTD

Winter and Spring Clothes Project by SERTD

गत शनिबार 23अप्रिल का दिन दक्षिणपूर्व क्षेत्रिय तमुधीं लन्डन (SERTD) ले Winter and Spring Clothes Project कार्यक्रम सम्पन्न गरेको छ।ग्रीनवीच काउन्सिल बाट प्राप्त £6200.00 रकम समाजका वृद्ध वृद्धाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा 101 जना हाम्रा बाबा आमाहरुलाई न्यानो कपडा र 500ml को थर्मस वितरण गरिएको थियो। हुन त विन्टरको लागि भनी हामीले कार्यक्रम तय गरेका थियौं। तर सबै प्रोसेस पूरा गरेर समाजको बैंक अकाउन्टमा पैसा आइपुग्दा सम्म विन्टर सकेर स्प्रिङ पनि आधा उधी भइसक्यो। ढिलै भए पनि हामीले समाजका लागि केही गर्न सकेकोमा हामीलाई सन्तोष लागेको छ। हाम्रो चाहना थियो साउथईस्टका सबै बाबा आमाहरु लाई भाग पुर्याउ। तर त्यसमा बजेट, समय, स्थान आदिको कारणले 101 व्यक्तिहरू लाई मात्र प्रदान गर्न सक्यौँ।

कार्यक्रममा डाक्टर श्री सुदर्शन गुरुङले स्वस्थ्य समस्या भएमा कहाँ कसरी संपर्क गर्ने, औषधि सेवन सम्बन्धी र अन्य स्वास्थ्य सम्बन्धी विविध विषयहरूमा सरल र स्पष्ट ढंगले presentation दिनु भएको थियो । ‘जीगेसा’ हल प्लमस्टेडमा सम्मपन्न उक्त कार्यक्रम मा समाजका उपाध्यक्ष श्री पी के लामाले स्वागत मन्तब्य दिनुभए पछि प्रमुख सल्लाहकार श्री श्रीचन्द्र गुरुङ, SERTD का मानार्थ सल्लाहकार श्री डेविड बल र RGNS का अध्यक्ष तथा आसन्न लोकल एलेक्सनमा काउन्सिलरका प्रत्यासी श्री जीत रानाभाटले पनि कार्यक्रमको पूर्ण सफलताको कामना गर्नु भएको थियो। कार्यक्रममा एन सि आई अध्यक्ष श्री मोहन गुरुङ, नेपलीज युथ एशोसिएसन यु के का अध्यक्ष श्री लक्षुमन गुरुङ, ग्रीनवीच गोर्खा एक्स सर्विसमेन् एशोसिएसन का अध्यक्ष श्री हरी कुमार मल्ल, एन आर एन ए आई सी सी सदस्य श्रीमति लीलादेवि गुरुङको पनि उपस्थिति थियो ।

समाजका उपाध्यक्ष तथा महिला प्रमुख श्रीमती बिंदु गुरुङको सभापतित्व रहेको उक्त कार्यक्रम सचिव श्री सूर्य गुरुङले सञ्चालन गर्नु भएको थियो ।
सूर्य गुरुङ
सचिव

दक्षिणपूर्व तमुधीं लन्डन  ।

Related posts