Search

साउथ ईष्ट रिजनल तमुधिं युकेद्वारा हेल्पलाईन शुरुवात ।

साउथ ईष्ट रिजनल तमुधिं युकेद्वारा हेल्पलाईन शुरुवात ।

 

 

एटा संवाददाता ।


लण्डन । साउथ ईष्ट रिजनल तमुधिं युकेले कोरोना भाइरसका कारण सेवा आवश्यक भएका बिशेष गरी आफ्ना संस्था भित्रका जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप एक हेल्पलाईनको प्रारम्भ गरेको छ । गत १९ मार्च देखि उक्त सेवाको प्रारम्भ गरेको हो । जसको घरमा कोही पनि छैन, जसलाई सहयोगको एकदमै खाँचो छ त्यस्ता जेष्ठ नागरिकहरुलाई आफुहरुले सेवा दिन लागिएको रिजनल तमुधिं युकेले जनाएको छ । साथै, सो संस्थाले तमु मात्र होइन, वास्तविक सेवा चाहिएकाहरुलाई सेवा प्रदान गरिने जनाइएको छ ।

 त्यस्तै, उक्त संस्थाका अध्यक्ष हिरा प्रसाद गुरुङले, हामी सबै मिलीजुली हातेमालो गरी यस  संकटकालिन अवस्थामा हाम्रा जेष्ठ नागरिक बाबाआमाहरुालई सहयोग गरौं, सहारा बनौ, कोरोना भाईरसको बारेमा जानकारी गराऔं र त्यसबाट बच्ने उपायहरुको बारेमा पनि जानकारी गराउँ  आफ्ना पनि बाँचौ र अरु लाई पनि बचाऔं’ भन्दै, ‘यस परोपकारी कार्यको लागि स्वंयसेवकको रुपमा सेवा गर्न अनुरोध गर्दछु’ भने ।

संस्थाका अनुसार आपूम्हरुले यस्तो कठिन परिस्थितिमा पनि आफ्नो ज्यानको प्रवाह नगरिकन निरन्तर रुपले सेवा पुर्याउदै आईरहेको जनाउदै हालसम्म १३ जनालाई सेवा पुराइसकेको जनाएका छन् । साथै, उक्त संस्थाले सो अभियानमा निस्वार्थ भावनाले जुटी सेवा पुराइरहेका समाजसेवी अभियन्ताहरुरु लगायत सम्पूर्ण साउथ ईष्ट रिजनल तमु धिं युकेलाई भित्री हृदय देखि नै मुरी मुरी धन्यवाद व्यक्त गरेको छ । साथै, सो संस्थाले आवश्यक परे वा सेवा सम्बन्धि जानकारी चाहिए निम्न व्यक्तिलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Hira Gurung, Chairman (SERTD) 07737059868

Damar Gurung, General Secretary (SERTD) 07784940824

Nirmala Gurung, Advisor (SERTD) 07930050451

Hari Gurung, Advisor (SERTD) 07595768566

Related posts