लन्डन । दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको अध्यक्षमा प्रेमकुमार गुरुङ (पीके लामा) चयन भएका छन् ।
एसईआरटीडी यूकेको शनिबार २० मे २०२३ का दिन सम्पन्न नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित यो दसौं कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ । कार्यसमितिमा उपाध्यक्ष तथा आमा प्रमुख बिन्दु क्वोंन्स्यो, उपाध्यक्षमा शिवराम गुरुङ, महासचिव कमल गुरुङ, कोषाध्यक्ष सुवास गुरुङ, सहसचिव सुशील गुरुङ लगायत १६ जना कार्यसमितिका सदस्यमा चयन भएका छन् ।
कार्यसमिति चयनका लागि पूर्वअध्यक्ष तथा सल्लाह हरिगोविन्द गुरुङ, सल्लाहकार योगेश गुरुङ र सल्लाहकार जगदीश गुरुङ निर्वाचन समिति बनेको थियो ।
कार्यक्रम सन्चालान निवर्तमान महासचिव सूर्य गुरुङले गरेका थिए भने संस्थाको आयव्याय कोषाध्यक्ष अर्चना गुरुङले प्रस्तुत गरेकी थिइन् । दुई वर्षको कार्यावधिभरमा भएका सम्पूर्ण कार्यक्रम बारेमा महासचिव सूर्य गुरुङद्वारा प्रस्तुत गरिएको र आफ्नो २ वर्ष कार्यकाल के कति घरदैलो कार्यक्रम गरेको र संस्थालाई कति आम्दानी भएको बारेमा उपाध्यक्ष/आमा प्रमुखद्वारा पनि प्रतिवेदन पेस गरेकी थिइन् ।
कार्यक्रमको बीचमा समाजका वरिष्ठ सल्लाहकार श्रीचन्द्र गुरुङलगायत संघ संस्थाबाट सहभागी महानुभावहरुबाट शुभकामना वक्तव्य राखेका थिए । निवर्तमान अध्यक्ष ह्यारी गुरुङले अधिवेशन सफल बनाउन सबै संस्थाका पदाधिकारी र सदस्य, उपस्थिति महानुभाव, निर्वाचन समितिलगायत सबैलाई धन्यवाद दिएका थिए ।