सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रिय तमु धिं लन्डनका
आदरणीय महानुभावहरुमा हार्दिक नमस्कार, छ्याजलो !
मिति १६/०९/२०२३ का दिन समाजले सधैंका वर्षहरूमा झैं यो बर्ष पनि Life member dinner party कार्यक्रम सम्पन्न गरेको कुरा हजुरहरू सबैमा सर्बबिदितै छ। विविध कार्यक्रमका साथ आयोजना गरिएको उक्त कार्यक्रमबाट हजुरहरु सबै जनाले एक आपसमा चिनजान तथा भाईचारा बढाउदै भरपुर मनोरंजन प्राप्त गर्नु भयो भन्ने हामीले ठानेका छौं। यस कार्यक्रमलाइ सफल तथा रमाइलो बनाउन प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्नुहुने दक्षिण पुर्व क्षेत्रीय तमुधिं लन्डनका समस्त प्रियजनहरू प्रति हामी हार्दिक आभार प्रकट गर्दछौं।
कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण महानुभाबहरु प्रति हार्दिक नमन गर्दै हजुरहरुले देखाउनु भएको माया र सद्भावप्रति दक्षिण पुर्व क्षेत्रीय तमुधिं लन्डन सधैं आभारी रहनेछ। आफ्नो अमूल्य समय दिएर यहाँहरु कार्यक्रममा सहभागी हुनुभयो, हामिले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउनुभयो, साथ र सहयोग गर्नुभयो, जसले गर्दा हामीलाई आगामी दिनमा अन्य कार्यक्रमहरु गर्नका लागि थप उर्जा प्राप्त भएको छ ।
त्यस्तै जो जो नयाँ आजिवन सदस्य भईदिनु भयो र सम्मानित हुनु भयो यहाँहरुको आउने दिनहरु सुखमय रहोस र सुख समृद्धिको कामना गर्दछु |
कार्यक्रमका दौरानमा केही कमी कमजोरी भएको भए क्षमा याचना गर्दै आगामी दिनमा यसलाई सुधार्दै अघि बढ्ने प्रण गर्दछौ। यहाँहरुको प्रतिक्रिया र सुझावलाई हामी सदैव मनन् गर्नेछौं ।
कार्यव्यस्तता तथा बिबिध कारणबस यस कार्यक्रममा उपस्थित हुन नसक्नु हुने महानुभाबहरु प्रति धेरै सम्झना राख्दै आउने कार्यक्रमहरुमा यहाहरुको उपस्थितिको आशा पनि गरेका छौ ।
धन्यबाद ।
कमल गुरुङ।
सचिव
दक्षिण पुर्व क्षेत्रीय तमुधिं लन्डन ।