एटा सम्वाददाता
लन्डन । कोरोना भाइरस (कोभिड १९) महामारी निर्मूल होस्, विश्वभरी शान्ति छाओस् र सबैको जीवनमा खुशीयालीको कामनासहित लन्डनमा शान्ति पाठपूजा गरिएको छ ।
तमु प्ये ल्हु संघका अध्यक्ष मेजर खुशीमान गुरुङ MVO र धर्म गुरु ध्याब्रे चिबा हिरा पच्यूलगायतको सल्लाहमा मंगलबार ७ अप्रिलमा साउथ इस्ट लन्डनमा सामूहिक धार्मिक पूजा (थाशोँ तहेँ) गरिएको हो । पूजा ध्याब्रे चिबा हिरा पच्युमार्फत आफ्नै निवासमा गरिएको थियो ।
शान्ति पाठपूजामा साउथ इस्ट रेजिनल तमुधिं यूकेका अध्यक्ष हिराप्रसाद गुरुङ समाजको प्रतिनिधित्व गरी सहभागी भएका थिए । उनले पूजा एकदमै राम्रोसँग सम्पन्न भएको जानकारी दिए । यस्तो पूजा हरेक वर्ष निरन्तरता दिए राम्रो हुने उनको भनाइ थियो । पूजामा उपस्थिति जनाउने र सहयोगीलाई अध्यक्ष हिराप्रसाद गुरुङले संस्थाका तर्फबाट धन्यवाद दिएका साउथ इस्ट रेजिनल तमुधिं यूकेकी सहसचिव चन्द्रदेवी गुरुङले जानकारी दिइन् ।