Search

दक्षिण पुर्व क्षेत्रिय तमु धी लण्डन समाजले ल्होसार कार्यक्रममा राफलड्रमा उठेको रकम गुरुङ भाषा लिपि स्कुल र देव दाह नेपालमा अक्षय कोष खडा गर्ने ।

दक्षिण पुर्व क्षेत्रिय तमु धी लण्डन समाजले ल्होसार कार्यक्रममा राफलड्रमा उठेको रकम गुरुङ भाषा लिपि स्कुल र देव दाह नेपालमा अक्षय कोष खडा गर्ने ।

दक्षिण पुर्व क्षेत्रिय तमु धी लण्डन समाजले ल्होसार कार्यक्रममा राफलड्रमा उठेको रकम गुरुङ भाषा लिपि स्कुल र देव दाह नेपालमा अक्षय कोष खडा गर्ने ।

लण्डन । दक्षिण पूर्व क्षेत्रिय लण्डनले भव्यरुपमा ल्होसार पर्व–२०२३ मनाएको छ । ३१ डिसेम्बरमा लण्डनको St. Micheal Community hall वेल्लिंगमा यस सस्थाले मुप्री ल्होको स्वागतस्वरुप “तमु ल्होसार महोत्सव” गरेको हो। सो कार्यक्रमको अध्यक्षता प्रेम कुमार गुरुङले गर्नु भएको थियो भने प्रमुख अथिति The Royal borough of Greenwich LondonDEPUTY MAYOR Cllr.JIT Ranabhat ज्यु रहेको थियो | बिशेष अथितिहरुमा तमु धी युकेक अध्यक्ष श्री हरि गुरुङ ज्यु र DBC UK का धर्म गुरु पेमा गुरुङ ज्यु रहेको थियो |

उक्त कार्यक्रममा नेपालबाट सांगीतिक भ्रमणमा आउनु भएको कलाकारहरु शरुन गुरुङ, ममता गुरुङ, तिलक गुरुङ र उमा देवी खनालको बेजोड प्रस्तुतिमा दर्शक रमाएका थिए ।

संस्थाका अध्यक्ष प्रेम कुमार तमु ज्युले उपस्थिति सम्पूर्णमा धन्यवाद दिँदै कार्यक्रम ऐतिहासीक सफल बनाउन तपाईहरु सबै जनाको प्रतक्ष्/अप्रतक्ष सहयोग गर्नु भएकोमा SERTD दशौ कार्य समिति सम्पूर्णमा आभार व्यक्त गर्नु भएको थियो। कार्यक्रममा आमा समूहले समाजका सल्लाहकार सुर्य गुरुङको रचनाको स्वागत गीतमा  नाच प्रस्तुत गरेको थियो र स्थानीय कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।  यसको अतिरिक्त विभिन्न संघ सस्थाबाट पाल्नु भएका तमु व्यक्तित्वहरुलाई पनि बधाई, सुभकामन तथा सम्मान गरिएको थियो ।

औपचारिक कार्यक्रम सञ्चालन सस्थाका सचिव कमल गुरुङले गरेका थियो |   ल्होसार कार्यक्रमको संयोजक श्री शिब राम गुरुङ B.E.M ज्युले स्वागत मन्तब्य राखेको थियो भने सांस्कृतिक कार्यक्रम सुर्य गुरुङ र नेपाल बाट सांगीतिक भ्रमणमा आउनु भएको कलाकार उमा देवी खानलले गरेका थिए | हल तयारीमा समाजका सल्लाहकार ज्युहरु मोहन गुरुङ ज्यु, श्रीचन्द्र गुरुङ ज्यु , हरि गुरुङ ज्यु, सुर्य गुरुङ ज्यु, डमर गुरुङ साथै थुप्रै समाजका सदस्यहरु संलग्न थिए, उपाध्याक्ष तथा आमा प्रमुख श्रीमती बिन्दु गुरुङ, आमा उप प्रमुख श्रीमती दिता गुरुङ र समाजका आमा समूह अथिति सत्कारमा सक्रिय थिए |  कोषध्यक्ष सुबास गुरुङ,  सह कोषध्यक्ष ओम देवी गुरुङ ज्यु र टिम काउन्टरमा ब्यस्त देखिन्थे |  बारमा पान बहादुर गुरुङ ज्यु, पूर्ण गुरुङज्यु र ज्ञान गुरुङ ज्युका  टिम, क्याटरिंगमा श्री खड्का गुरुङ ज्यु  र भिडिओ, फोटोमा यम गुरुङ ज्यु ले साथ दिनु भएका थिए | सोलिसिटर  दिपक भट्टराईले आधा तोला सुन प्रयोजन गर्नु भएको थिए | साथै स्वास्थ्य र सुरक्षा सम्बधि सक्षिप्त जानकारी समाजका सल्लाहकार डमर काजी गुरुङज्युले दिनुभएको थियो |

त्यस्तैगरी संस्थाको विकासमा विशेष योगदान दिए वापत यस वर्षको कम्युनिटी अवार्ड  रत्न बहादुर गुरुंग, भीमा कुमारी गुरुङ र रुक माया गुरुङलाई प्रदान गरिएको थियो | 

उक्त कार्यक्रममा बेस्ट गुरुङ पोशाक अवार्ड पनि दिएको थियो|

एवंरितले कार्यकक्रमका प्रमुख अतिथि डिपुटी मेयर जित रानाभाटज्युले समाजले आयोजना गरेको ल्होसार कार्यक्रममा सहभागी हुन पाउदा असाध्यै खुसी लागेको र आफ्नो भाषा, सस्कृति, भेष भूसा र परम्परा जगेर्ना गर्नु पर्नेमा जोड दिनु भएको थियो त्यस्तै गरि बिशेष अथिति तमुधीका अध्यक्ष हरि तमुज्युले पनि आफ्नो महत्वपूर्ण भनाई राखेको थियो |

र तमु (गुरुङ) समुदायले हरेक वर्ष पुस १५ लाई नयाँ वर्ष अर्थात् ल्होसारको रुपमा मनाउने गर्दछन् । यस वर्ष हि ल्हो (बिरालो बर्ग) लाई बिदाइ नयाँ  ल्हो मुप्रीको स्वागत गरिएको हो । अन्त्यमा अर्को वर्षमा भेट्ने वाचा गर्दै कार्यक्रम स्थलबाट बिदा भएका थिए |

Related posts