सम्पूर्ण महानुभावहरु सबैमा नमस्कार !
मिति ११/१२ शनिवार आईतवार, नोभेम्बर २०२३ दक्षिण पुर्व क्षेत्रीय लन्डनले आयोजना गरेको बिजय दशमी २०८० शुभकामना आदानप्रदान कार्यक्रम तथा देउसी भैलो कायक्रम बिबिध सांगितीक कार्यक्रमका साथ रमाइलो गर्दै सम्पन्न भएको कुरा यहाँहरु माझ जग जाहेर नै छ।
स्थानिय प्रतिभावान् दिदीबहिनी दाजुभाईहरूको बेजोड़ प्रस्तुतीसहितको रमाईलो साँझमा सहभागिताको लागि यहाँहरुले देखाउनु भएको उत्साहले हामी आयोजक बेजोड हर्षित छौ । हजुरहरुले देखाउनु भएको माया र सदभाब प्रति आभारीका साथै हजुरहरुमा धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
साथै, यो कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगी हातहरु प्रति दक्षिण पुर्व क्षेत्रीय लन्डन समाज कार्यसमिति परिवार हार्दिक आभार व्यक्त गर्न चाहन्छ । आफ्नो अमूल्य समय दिएर यहाँहरु कार्यक्रममा सहभागी हुनुभयो जसले गर्दा हामीलाई आगामी दिनमा अन्य कार्यक्रमहरु गर्नका लागि थप उर्जा प्राप्त भएको छ । कार्यक्रमका दौरानमा केही कमी कमजोरी भएको भए क्षमा याचना गर्दै आगामी दिनमा यसलाई सुधार्दै अघि बढ्ने प्रण गर्दछौ। यहाँहरुको प्रतिक्रिया र सुझावलाई हामी सदैव मनन गर्नेछौं |
त्यस्तै गरि यस देउसी भैलो कार्यक्रमलाई आ-आफ्नो घरमा निमन्त्रण दिई हामी लाई प्रस्तुत गर्ने अवसर दिनु भएका यसै सस्थाका सह – कोषाध्यक्ष तथा Lumbini Tailoring Centre Plumstead का प्रोपाइटर श्रीमान / श्रीमती ओम देबि गुरुङ गुरुङज्यु तथा परिवार, सल्लाहकार तथा DBC UK वर्तमान अध्यक्ष श्रीमान/श्रीमती श्री योगेस गुरुङ ज्यु, आजिवन सदस्य श्रीमान/श्रीमती श्री नैना गुरुङ ज्यु , श्रीमान/श्रीमती खुम बहादुर गुरुङ ज्यु , श्रीमान / श्रीमती वर्तमान अध्यक्ष प्रेम कुमार गुरुङ ज्यु, सल्लाहकार तथा Bexley Nepali Samaj का सथापक अध्यक्ष श्रीमान/श्रीमती केश बहादुर गुरुङ ज्यु, आजिवन सदस्य श्रीमान/श्रीमती बोल माया गुरुङज्यु र संथापक प्रमुख सल्लाह्कार मोहन गुरुङ ज्यु परिवारहरु प्रति अनुग्रही छु |
पुनस्च यस संस्थाका संस्थापक अध्यक्ष श्री चन्द्र मान गुरुङज्यु, निवर्तमान अध्यक्ष श्री ह्यारी गुरुङ ज्यु , पुर्व अध्यक्ष क्या. नारायन बहादुर गुरुङ M.V.O. ज्यु , आमा प्रमुख श्रीमती माया रानी गुरुङ ज्यु , समाजका सल्लाहकार श्री डम्मर काजि गुरुङज्यु , पुर्ब आमा प्रमुख श्रीमती पार्बती गुरुङ ज्यु र फेदि खोला समाज युकेका अध्यक्ष श्री हरि गुरुङ ज्युहरुलाई उपस्थित जनाई कार्यक्रमको शोभा बढाई दिनु भएकोमा धेरै नै अभारि छु |
अन्त्यमा समय अभाव र बिभिन्न परिस्थिति ले गर्दा चाहेर पनि धेरै जना को घर आगनमा कार्यक्रम प्रस्तुत गर्न सकेन यसमा दक्षिण पुर्व क्षेत्रीय लन्डन क्षमा माग्न चाहन्छु |
कमल गुरुङ
सचिव
दक्षिण पुर्व क्षेत्रीय लन्डन