Blogs

SERTD  Life member dinner party कार्यक्रम on 16 Sept 2023

सम्पुर्ण दक्षिण पुर्ब क्षेत्रिय तमु धिं  लन्डनका आदरणीय महानुभावहरुमा हार्दिक नमस्कार, छ्याजलो ! मिति १६/०९/२०२३ का दिन समाजले सधैंका वर्षहरूमा झैं यो बर्ष पनि    Life member dinner party कार्यक्रम सम्पन्न गरेको कुरा हजुरहरू सबैमा सर्बबिदितै छ। विविध कार्यक्रमका साथ आयोजना गरिएको उक्त कार्यक्रमबाट हजुरहरु सबै जनाले एक आपसमा चिनजान तथा भाईचारा बढाउदै भरपुर  मनोरंजन प्राप्त गर्नु भयो भन्ने हामीले ठानेका छौं। यस... Read More

दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको अध्यक्षमा प्रेमकुमार गुरुङ चयन

लन्डन । दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको अध्यक्षमा प्रेमकुमार गुरुङ (पीके लामा) चयन भएका छन् । एसईआरटीडी यूकेको शनिबार २० मे २०२३ का दिन सम्पन्न नवौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित यो दसौं कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ । कार्यसमितिमा उपाध्यक्ष तथा आमा प्रमुख बिन्दु क्वोंन्स्यो, उपाध्यक्षमा शिवराम गुरुङ, महासचिव कमल गुरुङ, क‍ोषाध्यक्ष सुवास गुरुङ, सहसचिव सुशील... Read More

हार्दिक श्रद्धाञ्जली श्रीमति गलुमाया गुरुङ ।

  पुरानो गाउँ मनपाङ, तनहुँ, स्थाई ठेगाना खैरेनिटार, तनहुँ घर भै हाल केहि महिना अघि सम्म Plumstead, लन्डन बस्नु हुने हाम्रा आजिवन सदस्य (नं. 227) श्रीमति गलुमाया गुरुङ (बर्ष 83) को हिजो बिहान 28 मार्च 2023 का दिन आफ्नै निवास खैरेनिटारमा स्वर्गबास हुनु भएको दु:खद खबरले हामि अत्यन्त मर्माहत भएका छौं। वहाँ बिगत केही महिना देखी Terminal cancer को अवस्था... Read More

साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा लन्डन प्लमस्टिडमा तमुहरुको विशेष पर्व ल्होछार ।

  लन्डन। साउथ इष्ट रिजनल तमुधिं लन्डनको आयोजनामा लन्डन प्लमस्टिडमा तमुहरुको विशेष पर्व ल्होछार मनाइएको छ । स्थानीय एशियन कम्युनिटी सेन्टरमा शुक्रबार साँझ  विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा सयौँको संख्यामा बेलायतवासी तमु एवम् गैरतमु नेपालीहरुको सहभागिता रह्यो । साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष ह्यारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले उद्घाटन गरेकी थिइन्। कार्यक्रमलाई सम्बोधन... Read More

दक्षिणपूर्व क्षेत्रीय तमुधिं  लन्डनको देउसि भैलो कार्यक्रम l

दक्षिणपूर्व क्षेत्रीय तमुधिं  लन्डनको देउसि भैलो कार्यक्रम   दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनका सम्पुर्ण आदर्णीय बाबा-आमा, दिदिबहिनि, दाजुभाईहरुमा तिहारको हार्दीक शुभकामना! गत शनीबार, आईतबार 22, 23 अक्टोबर 2022 का दिन हामी संस्थाको तर्फबाट देउसि भैलो खेल्न तपाईहरुका घरदैलोमा आयौं।सबैकोघरमा पुग्न संभव नभए पनि जती सक्यौं, जती भ्यायौं, जस्ले घरमा आउनका लगी बोलाउनु भयो, गयौं। साह्रै रमाईलो गरि देउसि भैलो खेलियो।दक्षीणा उठाउने भन्दा पनि हाम्रो परम्परा, संस्कृतिलाई निरन्तरता दिनु हाम्रो मुख्य उद्देश्य थियो। हामीलाई मायाको साथ खुला हृदयलेदिनुभएको दक्षिणा पनि राम्रै परिमाणमा उठेको छ। आजको मितिसम्म £5000 को लाईन क्रस गरेको देखिन्छ। फाईनल हिसाब हुन बाँकी नैछ। भैलोमा प्रतक्ष रुपमा सहभागी हुन नसक्नु भएकाहरुले भाईवरमा नाम जोड्दै अनलाईनबाट पनि पैसा लगाई रहनु भएको छ। समाज प्रतिकोतपाईहरुको यो सद्भावको हामी अत्यन्त सराहना गर्दछौं। शनीबार बिहान 11 बजे देखि सुरु भएको देउसि भैलो साँझ 11 बजेसम्म पनि हाम्रो कार्यक्रम जारि थियो। प्लमस्टिड हाईस्ट्रीटका हाम्रा सदस्य, शुभचिन्तकहरु लुम्बिनि टेलर्स, एभरेस्ट स्टोर्स, लुम्बिनि ग्रोसरिज, अकला ज्वेलर्स, एलिगेन्स हेयर सैलून, चन्द्र क्यास एन्ड क्यारि, मिल्सा हुदैहामी वेल्लिङमा हेम फरिदा जिका घरमा गयौं। वाहाँहरुले हामीलाई गर्नु भएको सत्कारको हामी ज्यादै आभारी छौं। त्यस पछि दिपक श्रेष्ठ रअन्त्यमा सुनिल प्रजापतीका घरमा भैलो खेलियो। दोस्रो दिन आईतबार, हाम्रा कोषाध्यक्ष अर्चना बैनिको घरबाट सुरु भएको भैलो गंगा/गंगा गुरुङ वेल्लिङ, क्याप्टेन नाराएन बहादुर एम भी ओ/चन्द्रदेवि गुरुङ का घर हुँदै अन्त्यमा रबीन/सरु घलेको घरमा भैलो खेलि कर्यक्रमको अन्त्य गरियो। यसरी भैलो खेलीरहदा हामीले केहि साथीहरु लाई ‘मिस’ गरेको अनुभव पनि भयो। बिगतका बर्षहरुमा नाचेर गाएर रमाईलो गर्नेहरु मध्ये तारा(धन) गुरुङ जो अहिले अस्वस्थताको करणले आउन सक्नु भएन। हामी वहाँकै घरमा गएर केहि क्षण रमाईलो गरीदिउँ भन्ने लागेको थियो; तर घरभरी पाहुना भएको कारणले त्यो संभब भएन। हामी वहाँको शिघ्र स्वस्थ लाभको कामना गर्दछौं। त्यस्तै यामु गुरुङ जो हाल नेपालमा भएकोकारणले पनि हामीले यस पाली ‘मिस’ गर्यौँ। त्यस्तै अरु थुप्रै सदस्यहरु बिभिन्न कारणले आउन सक्नुभएन। तर वहाँहरुको समाज प्रतिकोसद्भाव सधैं रहनेछ भन्ने लागेको छ। SERTD का दुई उपाध्यक्षहरु पिके लामा र बिन्दु गुरुङको नेतृत्वमा भएको देउसि भैलोमा सचिव सुर्य लगायत दिता, केवल, निर्मला, अर्चना, धनु, पुर्ण, निलम, मनिता, बबिता, बिजन, उमा, रन्जु, भिमा, टिकसुबा, मायारानी, चन्द्रकला, फरीदा, रामकुमारी, मिना, श्रीचन्द्र, बिशन, शिबराम, हरी, केश, नन्दराम, हेम, पानबहादुर, खड्क आदी हुनुहुन्थ्यो। तपाईहरु सबै प्रति दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन परिवार हार्दीकआभार ब्यक्त गर्दछ। मैले यहाँ श्रीमति धनु घलेको नाम बिशेष सम्मानका साथ लिन चाहन्छु। वाहाँको गला र कलाको बारेमा मैले धेरै भनि रहनुपर्दैन। समाजमा वहाँ जस्तो कलाकार हुनु भनेको हाम्रो अहोभाग्य हो। धन्यबाद। सुर्य गुरुङ सचिव Read More

आजिवन सदस्य डीनर पार्टी तथा 20औं वार्षीकउत्सव l

आजिवन सदस्य डीनर पार्टी तथा 20औं वार्षीकउत्सव  l गत शनिबार, 15 अक्टोबर 2022 का दिन दक्षिणपुर्ब क्षेत्रीय तमुधिं लन्डन (SERTD) ले लाइफ मेम्बर पार्टी  तथा 20औं बर्षगाँठ सफलताकासाथ सम्पन्न गरेको छ। स्थानिय वूल्विचको सेन्ट जर्ज ग्यारीजन चर्चमा भएको उक्त कर्यक्रममा 160 भन्दा बढी सदस्यहरुको सहभागिताथियो। सम्झ्यौं SERTD  स्थापनाको यो कार्यक्रम मनाई रहँदा हामीले तपाईहरु थुप्रै महानुभावहरु लाई जस्को अमुल्य योगदानले आज हामी आफ्नो बीसौं बर्सगाँठ मनाउन सफल भयौँ। बिगत बीस बर्षमा हाम्रा अग्रजहरु तपाईहरुले धेरै हन्डरठक्कर खाएर, धेरै दुखहरु गरेर आज हामी याहाँ आई पुगेका छौं। हाम्रो अफ्नै(मोर्गेज फ्री) समाज घर भएको छ। कोविडको विश्वब्यापीमाहामारीका बेला हामिले हाम्रा केहि असहाय बाबाआमाहरुलाई बिभिन्न सहयोगहरु गर्न सक्यौं। स्थानिय NHS लाई केहि आर्थिक सहयोग रनेपालमा अक्सिजन सिलिन्डर खरिदका लागि पनि रकम पठाउन सक्यौं। यसका अलावा बिगतमा नेपालमा भुईँचालो जाँदा र अन्य परोपकारीकार्यहरुमा समाज बाट उल्लेख्य सहयोगहरु भएका छन्। यी सबै कार्यहरु तपाई हामी सबैको सहकार्य, हातेमालो र समझदारीमा सम्भव भएकोहो। समाज प्रतिको यहाँहरुको योगदानको हामि सधैं उच्च मुल्यांकन गर्दछौ। हाम्रो यो ऐतिहासीक कर्यक्रम सफल बनाउन तपाईहरु सबै जनाको प्रतक्ष अप्रतक्ष सहयोग प्रति SERTD नवौं कार्य समीति आभार ब्यक्तगर्दछ। ड्रींकमा पान बहादुर, चक घले, खिम कुमार आदिले सहयोग गर्नुभयो। टिपन – टापनमा बबिता, बिजन, दिता आदि हुनुहुन्थ्यो। शिबराम,उमा, बिशन, रन्जुको नाच नहुदो हो त कार्यक्रम खल्लो हुन्थ्यो। ‘जहाँ छन बुद्धका आँखा …’ जस्ता कर्णप्रीय गित गाएर डिजे सपन कुमारलेमाहोल तताउनु भयो। भान्जी रश्ना का गितहरु पनि अत्यन्त राम्रा थिए। कार्यक्रम संयोजक/इन्टेर्टेन्मेन्ट ओआइसि सुर्य गुरुङको दर्शक तताउनेकलाको त हामी तारिफ नगरि रहन सक्दैनौं। त्यस्तै राफल ड्र का प्रायोजक ज्युहरु प्रति पनि हाम्रो उच्च सम्मान छ।   प्रायोजकहरू : मोहन/बनु गुरुङ (अकला ज्योलर्स) सुर्य गुरुङ (पिपल मोर्गेजमोर्गेज) सचिन श्रेष्ठ (गोर्खा बियर)   सूर्य गुरुङ् सचिव Read More

Winter and Spring Clothes Project by SERTD

गत शनिबार 23अप्रिल का दिन दक्षिणपूर्व क्षेत्रिय तमुधीं लन्डन (SERTD) ले Winter and Spring Clothes Project कार्यक्रम सम्पन्न गरेको छ।ग्रीनवीच काउन्सिल बाट प्राप्त £6200.00 रकम समाजका वृद्ध वृद्धाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा 101 जना हाम्रा बाबा आमाहरुलाई न्यानो कपडा र 500ml को थर्मस वितरण गरिएको थियो। हुन त विन्टरको लागि भनी हामीले कार्यक्रम तय गरेका थियौं। तर सबै... Read More