दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको देउसि भैलो कार्यक्रम दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनका सम्पुर्ण आदर्णीय बाबा-आमा, दिदिबहिनि, दाजुभाईहरुमा तिहारको हार्दीक शुभकामना! गत शनीबार, आईतबार 22, 23 अक्टोबर 2022 का दिन हामी संस्थाको तर्फबाट देउसि भैलो खेल्न तपाईहरुका घरदैलोमा आयौं।सबैकोघरमा पुग्न संभव नभए पनि जती सक्यौं, जती भ्यायौं, जस्ले घरमा आउनका लगी बोलाउनु भयो, गयौं। साह्रै रमाईलो गरि देउसि भैलो खेलियो।दक्षीणा उठाउने भन्दा पनि हाम्रो परम्परा, संस्कृतिलाई निरन्तरता दिनु हाम्रो मुख्य उद्देश्य थियो। हामीलाई मायाको साथ खुला हृदयलेदिनुभएको दक्षिणा पनि राम्रै परिमाणमा उठेको छ। आजको मितिसम्म £5000 को लाईन क्रस गरेको देखिन्छ। फाईनल हिसाब हुन बाँकी नैछ। भैलोमा प्रतक्ष रुपमा सहभागी हुन नसक्नु भएकाहरुले भाईवरमा नाम जोड्दै अनलाईनबाट पनि पैसा लगाई रहनु भएको छ। समाज प्रतिकोतपाईहरुको यो सद्भावको हामी अत्यन्त सराहना गर्दछौं। शनीबार बिहान 11 बजे देखि सुरु भएको देउसि भैलो साँझ 11 बजेसम्म पनि हाम्रो कार्यक्रम जारि थियो। प्लमस्टिड हाईस्ट्रीटका हाम्रा सदस्य, शुभचिन्तकहरु लुम्बिनि टेलर्स, एभरेस्ट स्टोर्स, लुम्बिनि ग्रोसरिज, अकला ज्वेलर्स, एलिगेन्स हेयर सैलून, चन्द्र क्यास एन्ड क्यारि, मिल्सा हुदैहामी वेल्लिङमा हेम फरिदा जिका घरमा गयौं। वाहाँहरुले हामीलाई गर्नु भएको सत्कारको हामी ज्यादै आभारी छौं। त्यस पछि दिपक श्रेष्ठ रअन्त्यमा सुनिल प्रजापतीका घरमा भैलो खेलियो। दोस्रो दिन आईतबार, हाम्रा कोषाध्यक्ष अर्चना बैनिको घरबाट सुरु भएको भैलो गंगा/गंगा गुरुङ वेल्लिङ, क्याप्टेन नाराएन बहादुर एम भी ओ/चन्द्रदेवि गुरुङ का घर हुँदै अन्त्यमा रबीन/सरु घलेको घरमा भैलो खेलि कर्यक्रमको अन्त्य गरियो। यसरी भैलो खेलीरहदा हामीले केहि साथीहरु लाई ‘मिस’ गरेको अनुभव पनि भयो। बिगतका बर्षहरुमा नाचेर गाएर रमाईलो गर्नेहरु मध्ये तारा(धन) गुरुङ जो अहिले अस्वस्थताको करणले आउन सक्नु भएन। हामी वहाँकै घरमा गएर केहि क्षण रमाईलो गरीदिउँ भन्ने लागेको थियो; तर घरभरी पाहुना भएको कारणले त्यो संभब भएन। हामी वहाँको शिघ्र स्वस्थ लाभको कामना गर्दछौं। त्यस्तै यामु गुरुङ जो हाल नेपालमा भएकोकारणले पनि हामीले यस पाली ‘मिस’ गर्यौँ। त्यस्तै अरु थुप्रै सदस्यहरु बिभिन्न कारणले आउन सक्नुभएन। तर वहाँहरुको समाज प्रतिकोसद्भाव सधैं रहनेछ भन्ने लागेको छ। SERTD का दुई उपाध्यक्षहरु पिके लामा र बिन्दु गुरुङको नेतृत्वमा भएको देउसि भैलोमा सचिव सुर्य लगायत दिता, केवल, निर्मला, अर्चना, धनु, पुर्ण, निलम, मनिता, बबिता, बिजन, उमा, रन्जु, भिमा, टिकसुबा, मायारानी, चन्द्रकला, फरीदा, रामकुमारी, मिना, श्रीचन्द्र, बिशन, शिबराम, हरी, केश, नन्दराम, हेम, पानबहादुर, खड्क आदी हुनुहुन्थ्यो। तपाईहरु सबै प्रति दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डन परिवार हार्दीकआभार ब्यक्त गर्दछ। मैले यहाँ श्रीमति धनु घलेको नाम बिशेष सम्मानका साथ लिन चाहन्छु। वाहाँको गला र कलाको बारेमा मैले धेरै भनि रहनुपर्दैन। समाजमा वहाँ जस्तो कलाकार हुनु भनेको हाम्रो अहोभाग्य हो। धन्यबाद। सुर्य गुरुङ सचिव
Read More